त्रिविको अनलाइन कक्षाः २५ प्रतिशतको मात्रै पहुँच

TRI

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालनसम्बन्धी निर्देशिका हालै जारी गरेको थियो । सो निर्देशिकाअनुसार करिब सात सय सामुदायिक क्याम्पसमध्ये मुस्किलले ४५ वटाले मात्र अनलाइन माध्यमबाट पठनपाठनलाई निरन्तरता दिएका छन् ।
त्रिविको पाठ्यक्रम र नेपालमा प्रविधिको अवस्था हेर्दा अनलाइन कक्षा संचालन गर्न नसकिने सरोकारवालाहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्