नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैँ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरना संक्रमणको देखिएको छ । संक्रमितहरु उदयपुरकाे भुल्केका तीन जना महिला, कपिलवस्तुका तीन जना पुरुष र पर्साको छपकैयाका एकना पुरुष हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्