आजको मौसमः हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ – शनिबार देशका पहाडी भू–भागका केही स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्