स्मल स्टेप्स किन्डरगार्डेन एण्ड प्रि-स्कुलले मनायो भव्यताका साथ सरस्वती पुजा

काठमाडौँ – काठमाडौँको टोखा नगरपापालिका-६ ग्राण्डी हाउजिङमा रहेको स्मल स्टेप्स किन्डरगार्डेन एण्ड प्रि-स्कुलले यस वर्षको सरस्वती पूजा भव्यताका साथ सम्पन्न गरेको छ। सोमबार स्कुलले एक कार्यक्रम गरि यो धार्मिक र शैक्षिक अवसरलाई उल्लासमय तरिकाले मनाएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्दै ज्ञान र शिक्षा प्राप्ति का लागि आशीर्वाद प्राप्त गरे।

यस अवसरमा नयाँ भर्ना भएका बालबालिकाहरूलाई अक्षरारम्भको कार्यक्रममार्फत शैक्षिक यात्रा आरम्भ गरियो। कार्यक्रमले बच्चाहरूमा शिक्षा र संस्कृतिको महत्त्वको बारेमा सकारात्मक सन्देश पुर्याउने कार्य गरेको छ। नयाँ वर्षको शुभारम्भसँगै सरस्वती पूजाले विद्यार्थिहरूको अध्ययनप्रतिको रुचि र उत्साहलाई थप प्रोत्साहित गरेको देखियो।

यस कार्यक्रमले केवल धार्मिक संस्कारलाई मात्र महत्त्व नदिइ  विद्यार्थीहरूको शैक्षिक यात्रा र भविष्यका लागि एक नयाँ दिशा प्रदान गरेको स्कुलका संस्थापक प्राप्ति मल्लले बताउनुभयाे । कार्यक्रम उल्लासमय ढंगले सम्पन्न भएको र विद्यालयका विद्यार्थीहरू, शिक्षक र अभिभावकहरूको सहकार्यले यसलाई स्मरणीय बनाएको थियो। सरस्वती पूजाको यस कार्यक्रमले विद्यालयमा एकजुटता र उत्साहको वातावरण सिर्जना गरेको छ। सरस्वती पुजाको अवसरमा स्कुलमा कतिपय बालबालिकाहरुले अक्षराम्भ गरेका छन्।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्