भीमेश्वर एकेडेमीद्वारा सरस्वती पूजासँगै भीमेश्वर सिङ्गिङ आइडल सम्पन्न, रजनी बनिन् आइडल

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८, काँडाघारी स्थित भीमेश्वर एकेडेमीले यस वर्षको सरस्वती पूजा भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालयमा आयोजित यस धार्मिक र सांस्कृतिक कार्यक्रममा शिक्षक, विद्यार्थी, र अभिभावकहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्दै ज्ञान र शिक्षा प्राप्तिका लागि आशीर्वाद लिएका थिए ।

कार्यक्रमको विशेष आकर्षण भनेको नयाँ भर्ना भएका बालबालिकाहरूको अक्षरारम्भ कार्यक्रम थियो, जसमा विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा आरम्भ गरेका छन्। यसले विद्यार्थीहरूमा शिक्षा र संस्कृतिको महत्त्वको बारेमा सकारात्मक सन्देश पुर्याउने कार्य गरेको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल अमृत कुमार खड्काको अध्यक्षता तथा सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । सरस्वती पूजाको अवसर पारी विद्यालयले भीमेश्वर आइडल सिङ्गिङ कम्टिसन र पुरस्कार वितरण कार्यक्रम पनि आयोजना गरेको हो। जसमा रजनी अधिकारी भिमेश्वर आइडल २०८१ भएकी छिन् । यसैगरी अमिशा पहाडी फस्ट रनर अप, क्यारिना कार्की सेकेण्ड रनर अप तथा दिपिका चौरेल थर्ड रनर अप भएको इसिए इन्चार्ज चन्द्रकला (सीके) गौतमले बताउनुभयो । यस प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले आफ्नो सिङ्गिङ र सिर्जनात्मक प्रतिभा प्रस्तुत गरे, जसले दर्शक र निर्णायकहरूको मन जितेको थियो।

यसैगरी, विभिन्न समयमा आयोजित अन्य कार्यक्रमहरूको विजेता र उपविजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो। यसले विद्यार्थीहरूलाई अझ उत्साहित र प्रेरित गरेको छ। विद्यालयका संस्थापक अमृत कुमार खड्काले भन्नुभयो “आजको कार्यक्रमले केवल धार्मिक संस्कारलाई मात्र महत्त्व दिएको छैन, बरु विद्यार्थिहरूमा प्रतिस्पर्धा र सिर्जनात्मकतालाई बढावा दिएको छ। हामी हाम्रो विद्यार्थीहरूको उज्जवल भविष्यका लागि निरन्तर प्रतिबद्ध छौं।”

कार्यक्रम उल्लासमयपूर्ण वातावरणमा सम्पन्न भएको थियो। यसले विद्यालयका विद्यार्थीहरूको आत्मविश्वास र शैक्षिक लगावमा थप वृद्धि गरेको छ। विद्यालयले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाएको छ।

भीमेश्वर एकेडेमीले शैक्षिक गुणस्तरमा मात्र नभइ अतिरिक्त क्रियाकलापहरूमा पनि उच्च स्थान प्राप्त गरेको छ। विद्यालयले आफ्ना विद्यार्थीहरूलाई सम्पूर्ण व्यक्तित्वको विकासमा जोड दिन्छ र शैक्षिक क्षेत्रसँगै सांस्कृतिक, खेलकुद, र अन्य रचनात्मक क्रियाकलापहरूमा पनि अग्रणी रहेको छ।

यस विद्यालयमा विद्यार्थिहरूलाई पढाइसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरूमा पनि सक्रिय बनाइन्छ, जसले तिनीहरूको सोच, क्षमता, र सिर्जनात्मकतालाई अझ प्रगति गर्ने अवसर दिन्छ। संगीत, नृत्य, चित्रकला, अभिनय, खेलकुद जस्ता कार्यक्रमहरूको नियमित आयोजना गरिन्छ, जसले विद्यार्थीहरूको प्रतिभा र रचनात्मकता प्रकट गर्न मद्दत गर्दछ।

यसका साथै, विद्यालयले विविध प्रकारका प्रतियोगिताहरू पनि आयोजना गर्दछ, जसमा विद्यार्थीहरूले आफ्नो प्रतिभा र कौशल प्रदर्शन गर्न सक्छन्। यसले  विद्यालयको शैक्षिक वातावरणलाई पनि समृद्ध बनाउँछ। भीमेश्वर एकेडेमी शैक्षिक क्षेत्रसँगै अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि आफ्ना विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिन्छ र यसका कारण विद्यालय उत्कृष्टता र प्रतिष्ठामा अग्रणी स्थानमा रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्