काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले सरस्वती पूजाको अवसर पारेर सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम २०८१ भव्यताका साथ सम्पन्न गरेको छ ।
सोमबार विद्यालय प्राङ्गणमा एक समारोहकाबीच सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले वर्षभरी गरे÷सिकेका गतिविधिहरु अभिभावकहरुको माझमा प्रस्तुत गरेका थिए । नाकट, नृत्य, गायन, टेकवान्दो, योगा जस्ता विभिन्न कौशलहरु विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । विद्यार्थीहरुको प्रस्तुती देखेर अभिभावहरु दंग परेका थिए । अर्किड स्कुलले गर्ने विविध कार्यक्रमहरु उत्कृष्ट रहेको अभिभावहरुको भनाई थियो ।
कार्यक्रममा चर्चित हास्य कलाकार सुरज चापागाईं ‘बान्द्रे’ कमेडियन हिमेश पन्त र विकास अर्यालको समेत प्रस्तुती रहेको थियो । सो प्रस्तुतीमा विद्यार्थी, अभिभावक, शिक्षकहरु र अन्य सहभागीहरुले भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सपल चोलेन्द्र बहादुर कार्कीले विद्यार्थीहरुलाई युग सुहाँउदो शिक्षा दिन अर्किड स्कुल तयार रहेको बताएका थिए । विद्यार्थीहरुलाई घरबाटै संस्कार दिनुपर्ने र सोही कुरा विद्यालयले पनि लागु गर्दा विद्यार्थीहरुको भविष्य उज्जल हुने उनको भनाई थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । एसइइमा पास भएर गएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । यस्तै विद्यालयका शिक्षक र कर्मचारीहरुलाई समेत सम्मान गरिएको विद्यालयका निर्देशक प्रेमकुमार भुजेलले जानकारी दिए ।
अर्किड किन रोज्ने ?
सुविधा सम्पन्न विद्यालय भवन, बालमैत्री कक्षाकोठा लगायत दक्ष शिक्षक शिक्षिकाबाट अध्ययन अध्यापन गराउदैँ आइरहेको अर्किडले छोटो समयमा नै गुणस्तरीय शिक्षामा फड्को मारेको छ । कुशल व्यवस्थापन, आफ्नै खेल मैदान, अतिरिक्ति क्रियाकलाप, साँस्कृतिक कार्यक्रम, डान्स आइडल, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता, साहित्यिक गतिविधि, कविता र निबन्ध प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापमा समेत अग्रणी स्थानमा रहेको अर्किड स्कुल अधिकांशको रोजाई बन्न पुगको छ ।
नर्सरी देखि कक्षा १० सम्मको पढाई हुने यस विद्यालयले आफ्ना बिद्यार्थीहरुलाई दक्ष र प्रतिस्पर्धी बनाउनकालागि यस शैक्षिक संस्थाले अध्ययन अध्यापन तथा अतिरिक्त क्रियाकलापमा विशेष ध्यानदिने गरेको छ । विश्वमा विकसित पछिल्ला प्रविधि अपनाएर बिद्यार्थीहरुलाई पढाउने गरेको छ यस स्कुलले । यस शैक्षिक संस्थाबाट उत्पादित जनशक्ति संसारका कुनै पनि देशमा प्रतिस्पर्धा गर्न सक्षम छन् । विद्यार्थीहरुको पठनपाठन नतिजा लगायत बहु आयमिक क्षमता अभिवृद्धि गर्नेतर्फ समेत ध्यानदिदै आईरहेको अर्किड स्कुलले शिक्षण तथा सिकाई विधिलाई वैज्ञानिक, व्यवहारिक तथा बिद्यार्थी केन्द्रीत बनाउँदै परिणाममुखी शिक्षा प्रदान गर्दै आईरहेको छ ।
समयको माग अनु्सार यस स्कुलमा कम्प्युटर शिक्षाको महत्वलाइ मुख्य प्राथमिकता दिएर अध्यापन हुनेगरेको छ भने विज्ञान र अनुसन्धानको क्षेत्रमा शिक्षाको पहुँच पुर्याउन विज्ञान र प्रविधिमैत्री शिक्षालाई पनि उत्तिकै जोड दिइएको छ । यस स्कुलमा सुविधा सम्पन्न पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, सभाकक्षाको समेत व्यवस्था रहेको छ ।