लहान मेरी चिल्ड्रेनले मनायो २७ औं बार्षिकोत्सव, अभिभावक दिवस र LMC एक्सपोको तेस्रो संस्करण 

लहान – लहान मेरी चिल्ड्रेन सेकन्डरी स्कुलले २७ औं बार्षिकोत्सव, अभिभावक दिवस र एलएमसी एक्सपोको तेस्रो संस्करण भव्य रुपमा मनाएको छ । माघ १९ र २० गते दुई दिन सिरहा जिल्लाको सुन्दर नगरी लहानमा २७औं बार्षिक उत्सव, अभिभावक दिवस र एलएमसी एक्सपो २०८१ भब्यताका साथ मनाएको हो ।

उक्त कार्यक्रममा आ-आफ्नो पहिचान झल्काउने भेषभूषा सहितको पहिरनमा सज्जिएका हज्जारौं अभिभावक र विद्यार्थीहरुको रोचक उपस्थिति रहेको थियो । मौलिक कला, नेपालको संस्कृतीलाई जोगाउने र प्रबर्द्धन गर्ने गरी विद्यालयका छात्रछात्राहरुले पुराना गीत संगीत अनि नृत्यहरुको जोडदार प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो । अर्को तर्फ विधालयका वालवालिकाहरुले पाठ्यक्रममा आधारित सीपलाई जोडदै विभिन्न स्टलहरुमा बिज्ञान प्रदर्शनी , हस्तकला प्रदर्शनी , पेन्टिङ आर्ट , रोचक खेल , स्वास्थ जांच शिविर लगाएत आफ्नै हातले बनाएका विभिन्न प्रकारका पकवान खानाहरु समेत राखी प्रदर्शन गरेका थिए ।

पहिलो र दोस्रो दिनको कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख संस्थापक अध्यक्ष पाण्डव हमाल ठकुरीले गर्नुभएकाे थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थापक हमालले विद्यालयले दिदै आएको शिक्षालाई सिप र संस्कार अनि जीवन र जगतसंगै जोडेर समृद्धि तर्फ उन्मुख गराउने लक्ष्य सहित अघिबढेको जानकारी दिनुभयाे ।

विद्यालय फरक धारबाट सिकाईको माध्यमले हरेक बालबालिकाको रुचि र उनीहरुको स्वभावलाई दिशानिर्देश गर्ने गरी संचालन भइरहेको समेत उल्लेख गर्दै उहाँले यस विद्यालयबाट पास आउट हज्जारौं विद्यार्थीहरु देश विदेशमा सक्षम र स्वभिमानी नागरिक भइ जीवनयापन गरीरहेको तथ्यांक समेत प्रस्तुत गर्नुभयाे ।

समापन समारोहका प्रमुख अतिथी समेत रहनुभएका राष्ट्रिय परीक्षा बोर्ड सिरहाका प्रमुख धनपती भेट्वालले आफू मेचीदेखि महाकाली सम्मका धेरै जिल्लाहरूमा सेवारत भइरहदा यस्ता धेरै कार्यक्रमहरुमा पुगिरहदा आज यो ठाउँको कार्यक्रम अत्यन्तै फरक र रोचक भएको महसुस भएको बताउनुभयाे ।मन्तव्यकै क्रममा उहाँले भिन्न भिन्न भेषभुषा , कला संस्कृती अनि विद्यार्थीहरु मौलिक प्रस्तुति गीत संगीत र नृत्यहरु त्यस्मा पनि विभिन्न स्टलहरुमा देखिएका प्रदर्शनीहरुले सच्चिनै यो विद्यालय एक अब्बल  विद्यालय रहेको हो भन्ने प्रमाणित भइसकेको कुरा राख्नु भएको थियो । बिशिष्ठ अतिथीहरु लहान नगरपालिका- ६ का अध्यक्ष रमेश गौतम , हिसान केन्द्रीय उपाध्यक्ष धरणिधर अधिकारी, लहान नगरका पुर्व मेयर प्रकाश बहादुर के.सी. लगायतले शुभकामना मन्तव्य रखेका थिए ।

कार्यक्रममा यसै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी जसले विश्वमै सबै भन्दा सानो एक्स्रे मेसिनको आविस्कारक बैज्ञानिक डा.अमर प्रसाद गुप्ता जो विश्वको धेरै मुलुकमा बस्दै हाल अमेरीकामा रहेका र सम्मानमा उहाँका अभिभावक माता सुमित्रा र पिता अर्जुन प्रसादलाई दोस्ला र सम्मान पत्रबाट सम्मनित गरिएको थियो । त्यसैगरी विद्यालयका अभिभावक मध्येबाट LMC’s Fathar of the year र LMC’s Mother of the year बाट सम्मानित सुमित परियार र अन्जु कार्कीलाई नगद रकम सहित सम्मान गरिएको थियोे भने यस बर्षका LMC’s best teachers of the year, Best none teaching of the year, Best supporting if the year, Best employee of the year क्रमशः गणेश सिंह, रनोज क्षेत्री, कोमल अग्रवाल र रन्जु सिंहलाई नगद पुरस्कार सहित सम्मान पत्रले सम्मानित भएका थिए । त्यसैगरी आफ्नो पहिचान झल्किने पोशाक सहित प्रस्तुत हुनुहुने अभिभावकहरु मैथली , थारु , मगर , नेवारी , तामाङ, माडवारी र क्षेत्री समुदायका उत्कृष्ट अभिभावकलाई प्रमाणपत्र सहित दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

समापन समारोहको अन्त्यमा विद्यालयका सिईओ आयुष हमाल ठकुरीले आफू बाल्यकाल देखिनै प्रारम्भिक कक्षा नेपालको राजधानीका उत्कृष्ट शैक्षिक संस्था ग्यालेक्सी पब्लिक स्कुल काठमाडौ र उच्च शिक्षा नेपाल बाहिरबाट हासिल गरी आफ्नै जन्मभूमिमा फर्केर केही नौलो र देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्न सक्ने शिक्षा दिने शैक्षिक संस्थाको रूपमा स्थापित गर्दै लगिने धारणा राख्नुभयाे । आफुले प्राप्तगरेको शैक्षिक ज्ञान, सीपलाई आफ्नो विद्यालयमा स्थापित गरी रूपान्तर गर्ने उहाँकाे प्रतिबद्धता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्