काठमाडौँ – एकता व्यापार संघ नेपालका अध्यक्ष एवं समाजसेवी तेज प्रसाद आचार्य सम्मानित भएका छन् । मंगलबार काठमाडौँमा राष्ट्रिय व्यववासायी महासंघले आयोजना गरेको सपथ ग्रहण, पूर्ण कार्यसमितिको पहिलो बैठक तथा सम्मान कार्यक्रममा व्यवसायी आचार्य सम्मानित भएका हुन् । आचार्यले २०७८ चैत्र २२ गते देखि २०८१ पौष २० गते सम्म राष्ट्रिय व्यवसायी महासंघको सचिव पदमा रहि पदीय जिम्मेवारी सम्हालेको भन्दै महासंघले आचार्यलाई सम्मान गरेको हो । साथै महासंघले आचार्यलाई सल्लाहकार उपसभापति पदमा मनोनित समेत गरेको छ ।
व्यवसायी आचार्यले एकता व्यापार संघका अध्यक्षका रूपमा पनि व्यापार समुदायको हितका लागि काम गरेका छन् । उनले व्यापारिक मुद्दाहरूमा सहकार्य, समस्याहरूको समाधान, र व्यापार समुदायको अधिकारको संरक्षणमा योगदान दिएका छन् । व्यापार संघमार्फत समेत उनले साना र ठूला व्यवसायीहरूलाई सहयोग गर्ने, व्यापारिक अवसरहरू विस्तार गर्ने, र व्यवसायीहरूको आवाजलाई नीतिनिर्माण तहमा पु¥याउने प्रयास गरेका छन् ।
काठमाडौंको महाबौद्ध क्षेत्रको व्यापारिक समुदायलाई एकजुट बनाउने र सहकार्यको वातावरण बनाउन आचार्यले योगदान दिएका छन् । व्यवसायका साथ साथै आचर्यले सामाजिक सेवालाई समेत निरन्तरता दिएका छन् ।