रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं – रोल्पामा चट्याङ लागेर बिहीबार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लुंग्री गाउँपालिका–२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुन रहेका छन् ।

बिहान करिब ८ः३० बजेको समयमा विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विक र पुन दुवै छिमेकी हुन् । प्रहरीका अनुसार चट्याङ लागेर विकको बाख्राको एउटा पाठो समेत मरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्