एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बाेलाउँछाैँ : अध्यक्ष प्रचण्ड

file photo
File Photo

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग गृहकार्य नपुगेकाले बिहीबार निर्धारित बैठक बस्न नसकेको बताए ।

आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी तय भएको नेकपा स्थायी कमिटीको बैठक बिहीबार साँझ स्थगित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्