सुनको मुल्य एकै दिन १२०० ले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर १८ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको भाउ प्रतितोला १८ सय ३० रुपैयाँ कायम रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्