प्रधानमन्त्री शाहको पोखरा-मुस्ताङ भ्रमण निजी: प्रधानमन्त्री कार्यालय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को पोखरा-मुस्ताङ भ्रमण निजी भएको जनाएको छ। सिंहदरबारमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले...

सडक मार्ग हुँदै पोखरा प्रस्थान गरे प्रधानमन्त्री बालेन, मुस्ताङ जाने कार्यक्रम

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सडक मार्ग हुँदै पोखरातर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ।प्रधानमन्त्री शाह सवार गाडी शुक्रबार बिहान धादिङस्थित पृथ्वी...

रास्वपा केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’मा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा पार्टीका दस्तावेज, संगठन व्यवस्थापन तथा मनोनयन, योजना,...

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेताहरूको...

कांग्रेसको महाधिवेशन रोक्न संस्थापन इतर समूह अदालत जाने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको संस्थापन इतर समूहका शीर्ष...

प्रधानमन्त्री शाहसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्ने मुख्य काम तथा हासिल गर्ने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह...

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शाहीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २१ र विपक्षमा १३ जना प्रदेशसभा...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भट्टको पक्षमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २० र नेकपा एमालेका ११ गरी...

पार्टीभित्रको असन्तुष्टि सदनमा नपुर्‍याउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई पार्टीभित्रका असन्तुष्टि संसद्मा नपुर्‍याउन आग्रह गरेका छन्। रास्वपा संसदीय दलको बुधबार बसेको बैठकमा गृहमन्त्री गुरुङले पार्टीभित्रको असन्तुष्टि सदनमा प्रस्तुत गर्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

धनगढी –  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा संसदीय दलका नेतासमेत रहेका भट्ट गत २९ साउनमा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका...

सभापति रविले बोलाए मन्त्रीसहित बैठक, सांसद तथा मन्त्रीहरूलाई आवश्यक निर्देशन दिने तयारी

काठमाडौं । सरकार र पार्टीका सांसदबीच असमझदारी बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरूसहित सांसदसँग अन्तर्क्रिया गर्ने भएको छ । रास्वपाको संसदीय दलको कार्यालयमा आज बिहान ११ बजे हुने...

कांग्रेसको संस्थापन इतरमा देउवाको साथ खड्कालाई कि कोइरालालाई? राष्ट्रिय भेलापछि फेरियो शक्ति समीकरण

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको आदेश दिएपछि उत्साहित बनेको शेरबहादुर देउवा पक्षले राष्ट्रिय भेलामार्फत शक्ति प्रदर्शन गरेको छ। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजित राष्ट्रिय...