राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना

काठमाडौँ-  राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ ।

प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले मङ्गलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजाआराधना गर्नुभएको हो । पूजाका क्रममा उहाँले देशमा शान्ति, स्थायित्व र समृद्धिसँगै नेपाली जनताको सुख, समृद्धि तथा कल्याणको कामना गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पूजाआराधनापछि राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले पनि पशुपतिनाथको दर्शन तथा पूजाआराधना गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्