रास्वपाको सचिवालय बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बिहीबार बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, बनस्थलीमा सचिवालय बैठक बस्न लागेको हो।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिनुभयो।

बैठकमा पार्टीका आगामी रणनीति, समसामयिक राजनीतिक विषय तथा संगठनसँग सम्बन्धित विषयमा समेत छलफल हुन सक्ने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्