साताको पहिलो दिन आज सेयर बजारमा गिरावट, नेप्से परिसूचक २७०० अंकमुनि

काठमाडौं – आज सेयर बजारमा गिरावट आएको छ । ४७ अंकले बजार घटेसँगै साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७०० अंकमुनि झरेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा कायम भएको छ । कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो ।

बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स १.५२, निर्जीवन बीमा १.५२, अन्य १.५० तथा व्यापार समूह १.८६ प्रतिशत घटे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्