मुग्लिनमा रवि लामिछानेविरूद्ध नाराबाजी

काठमाडौँ – चितवनको मुग्लिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शिव शिखर र साहारा चितवन सहकारीका पीडितले नाराबाजी गरेका छन् ।

शुक्रबार चितवन क्षेत्र नम्बर-२ को इच्छाकामना गाउँपालिकामा रास्वपाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम सकेर फर्किने क्रममा लामिछानेविरुद्ध मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका एसपी भावेश रिमालले मुग्लिनमा सहकारी पीडितले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको जानकारी पाएको बताए । उनीहरुले सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गरलगायतका नारा लगाएका थिए । लामिछाने शुक्रबार तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन इच्छाकामनामा पुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्