बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ बर्षपछि फुकुवा

काठमाडौँ – बंगलादेशमा विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको बैंक खातामाथिको प्रतिबन्ध हटाइएको छ ।

राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले जियाको बैंक खाता फुकुवा गर्ने निर्णय गरेको छ । उनको बैंक खाता १७ वर्षदेखि रोक्का गरिएको थियो ।

एनबीआरको केन्द्रीय गुप्तचर कक्षले अगस्ट २००७ मा खालिदा जियाको खाता रोक्का गर्ने आदेश दिएको थियो । त्यसयता उनको एकाउन्ट ब्लक गरिएको छ । पटकपटक खाता खोल्न माग गरिएको भएपनि शेख हसिना सत्ताबाट बाहिरिएपछि यो निर्णय गरिएको हो ।

बंगाली अखबार डेली स्टारका अनुसार एनबीआरले खालिदा जियाविरुद्ध कुनै अनुसन्धान मुद्दा नभएको भन्दै बैंकहरूलाई उनको सबै खाताहरू अनफ्रिज गर्न निर्देशन दिइएको बताएको छ । यसअघि हसिना अगस्ट ५ मा देश छोडेपछि खालिदा जेलबाट रिहा भएकी थिइन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्