कञ्चनपुरमा भारी वर्षा !

काठमाडौं – मनसुन सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षा भएको छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा बढी वर्षा भएको छ ।

यो समाचार तयार पार्दासम्म विगत ६ घण्टाको अवधिमा कञ्चनपुरको सुन्दरपुरमा ८५.६ र हनुमाननगर (भम्का)मा ५३ मिलिमिटर वर्षा मापन भएको छ ।

हनुमाननगरमा एक घण्टाको अवधिमा ११.४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । जल तथा मौसम विज्ञान विभागले ती केन्द्रहरुमा थप वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले सो क्षेत्र भई बग्ने दैजी, चौधर, सुहेली र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्