बैतडीको दोगडाकेदारमा महिला स्वास्थ्य स्वयमसेविकालाई आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम

बैतडी– नेपाल नेत्र ज्योती संघ,गेटा आँखा अस्पताल तथा सेभा फाउन्डेसनको सहयोगमा दोगडाकेदार गाउँपालिकामा संचालित दोगडाकेदार आँखा उपचार केन्द्रमा एक दिने महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम संचालन गरिएको छ ।

दोगडाकेदार अन्तर्गत श्रीकोट स्वास्थ्य चौकी, खोचलेक स्वास्थ्य चौकी र श्री केदार स्वास्थ्य चौकी अन्तर्गत कार्यरत ३२ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई गाउँघरमा जथाभावी आँखा औषधीको प्रयोग नगर्न लगाउने, आँखा सम्वन्धि समस्या भए तुरुन्तै आँखा उपचार केन्द्रमा सम्पर्क गर्न लगाउने, आँखाका प्रमुख समस्याहरुको वारेमा विशेष जानकारी गराईएको छ ।

त्यस्तै गरि गाँउघरमा आँखा शिविर संचालन गर्दा महिला स्वास्थ्य स्वयम सेविका सेविकाको विशेष भुमिका रहने वारे पनि जानकारी गराएको दोगडाकेदार आँखा उपचार केन्द्र प्रमुख नत्र साहयक सोनु भट्टले जानकारी दिनु भएको छ । कार्यक्रम संचालन गर्न विशेष सहयोग गर्ने सेभा फाउन्डेसन,गेटा आँखा अस्पताल र दोगडाकेदार गाउँपालिकालाई हार्दिक आभार प्रकट गर्नु भएको छ ।

साथै बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाले संचालन गरेको उक्त आँखा उपचार केन्द्रमा विकट बस्तीका मानिसहरुले बैतडीको सदरमुकाम तथा पाटन आएर उपचार गर्न बाध्य भएका आँखा सम्वन्धि समस्या भएका विमारीहरुलाई सहज भईरहेको समेत जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्