भीमदत्तका निवर्तमान मेयर विष्ट सहित जनप्रतिनिधि तथा कर्मचारीहरुले पाए अदालतबाट सफाई

काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख (मेयर) सुरेन्द्र विष्ट सहितका जनप्रतिनिधि तथा अन्य कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोप लगाउँदै मुद्दा दायर गरे पनि अदालतले दाबी नपुग्ने फैसला गर्दै सफाइ हुने ठहर गरेको हो । अख्तियारले कोरोना महामारीको बेला महाकाली नदीको नदीजन्य पदार्थ संकलनमा रोयल्टी छुट दिएर भ्रष्टाचार गरेको भन्दै निवर्तमान मेयर विष्ट सहित नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र ठेकेदार कम्पनीका प्रतिनिधि विरुद्ध अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।

ती मुद्दामा भवानी कन्स्ट्रक्सन प्रालि समेत ११, सुरेन्द्र विष्ट समेत १४ र सुरेन्द्र विष्ट समेत १२ जनालाई प्रतिवादी बनाइएको थियो । भीमदत्त नगरपालिकाले कार्यकालिका निर्णय गरी कोरोना महामारीका बेला रोयल्टी छुट दिएको थियो । अख्तियारले विशेष अदालतमा भवानी कन्स्ट्रक्सन प्रालि समेत जनप्रतिनिधि कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भीमदत्त नगरका तत्तकालिन मेयर सुरेन्द्र विष्ट, प्रवक्ता हिमाल चन्द, तत्तकालिन प्रमुख प्रशासकीय पुष्करराज भट्ट सहित , निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, ईन्जिनियर हिमालय सिह ऐर, लेखा अधिकृत गोबिन्द राज उपाध्याय, प्रशासकीय अधिकृत हरिसिह धामी, शाखा अधिकृत नर बहादुर शाह, लेखा अधिकृत बिक्रम भण्डारी, भवानी कन्स्ट्रक्सन पांलिका संचालक केवशराज भट्ट, पुष्पराज भट्ट, कम्पनीमा आधिकारिक प्रतिनिधी दिवाकर भट्ट, मृतक ईश्वरी प्रशाद भट्टकी श्रीमती एव नजिककी हकदार खगेश्वरी भट्ट, तत्तकालिन नासु नरेन्द्रदेव भट्ट, को नाममा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यी सबैले सफाई पाएका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्