घलेम्दी हाइड्रोपावरको आजदेखी सेयर लिलामी बिक्री खुला

काठमाडौ, ९ माघ । घलेम्दी हाइड्रोपावरले आजदेखि सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सर्वसाधारण समूहको  लागि उक्त सेयर बिक्रीमा ल्याएको छ ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयरमा आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ ।

यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्