पूर्वी चितवनको खैरहनीमा केराघारी भित्र पुरुषको शव फेला

सांकेतिक तस्बिर

चितवन – पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारी भित्र बिहीवार एक पुरुषको शव फेला परेको छ ।

मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोका मगर नाम गरेको लाईसेन्स फेला परेको छ । मृतकको परिवारसँग सम्पर्क गर्नका लागि जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । खैरहनी–१२ बस्ने हरी पाठकको जग्गामा एकला महतोले लगाएको केरा घारी भित्र पुरुषको शव फेला परेको हो । मृतकको शरिरमा ठूलो चोट नदेखिएको र घुँडा कोतारिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई काठमाडौँका एक व्यक्तिले मौरी चरनका लागि खटाएका थिए । शवको पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्