जनता टीभीले आईपीओ जारी गर्ने प्रस्ताव पेस गर्दै

काठमाडौ, २९ पुस । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले (जनता टीभी) साधारण सभा बोलाएको छ । जनता टिभीले सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।

उक्त सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेकोछ । सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।

सभा फागुन १२ र १३ गते कार्की ब्यांकेट, बबरमहल हाइट, काठमाडौंमा बिहान ७ बजेदेखि सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्