काठमाडौ, १६ पुस । छिमेक लघुवित्त र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने साेमबार अन्तिम दिन हो । सोमबार छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । यस कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको र सभा होटल सामनाको सभाहल मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
यता, रु रु जलविद्युत परियोजनाले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त नगद लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसरा रेसेप्सेन नक्साल काठमाडौंमा बिहान १०.३० बजेबाट सुरु हुनेछ ।