संविधानविद् एवं अधिवक्ता डा. ज्ञान बस्नेतले मन्त्रिमण्डलमा नयाँ अनुहार परिवर्तन गरेर कुनै उपलब्धि नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्ने खबर बाहिरिएपछि डा. बस्नेतले यस्तो बताएका हुन् । ‘मन्त्रीमण्डलमा अरु केहि नयाँ अनुहार परिवर्तन गरेर केहि उपलब्धी हुँदैन, अत्ती दुर्गान्धीत भयो यो सत्ता ।’ डा. बस्नेतले भने । उनले प्रधानमन्त्री नै परिवर्तन गर्नुपर्ने बेला आएको समेत बताएका छन् । प्रधानमन्त्रीको लागि शेखर कोइरालाको पस्तालाई दिनुपर्ने उनको धारणा छ । उनले भने, ‘अब प्रधानमन्त्री नै चेन्ज गरौं । शेखरहरुको पुस्तालाई लिड गर्न दिउँ, हेरौं एक पटक ।’
डा. बस्नेत २०८९ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत बनेका थिए । पछिल्लो समय राजनीतिक विश्लेषकको छवि समेत बनाएका बस्नेत खरो रुपमा राजनीतिक टिप्पणी गर्ने गर्दछन् ।