काठमाडौं, २० मंसिर । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार ३.३३ अंकले बढेको सेयर बजार १८४१.०४ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन २९३ कम्पनीका ३४ हजार ९३१ पटक भएको कारोबारमा ३७ लाख ५० हजार ८९५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड ४ लाख ३२ हजार ७९० रुपैयाँको कारोबार भएको छ ।
यसदिन १२१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १०६ कम्पनीको ओरालो लागेको छ भने १३ कम्पनीको स्थिर छ ।