घलेम्दी हाइड्रोको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, १० मंसिर । घलेम्दी हाइड्रो लिमिटेडका हकप्रद सेयरमा आइतबारदेखि आवेदन दिन सकिनेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ २ कित्ता सेयर निष्काशन गर्न लागेको हो। कम्पनीको हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्