डेरा गरी बस्ने विद्यार्थीलाई राहत दिन सरकारसँग नेविसंघको माग

काठमाडौँ – नेपाल विद्यार्थी संघले डेरा गरी बस्ने विद्यार्थीलाई राहत दिन सरकारसँग माग गरेको छ ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकालेर डेरा लिई बसेका तथा विपत्तिका बेला घर जान नपाएर डेरामै रहेका विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत वितरण गर्नुपर्ने बताएका हुन् ।

विदेशमा रहेका विद्यार्थीलाई त्यहाँ रहेका नेपाली दूतावासमार्फत् आवश्यक सहयोग गर्न पनि नेविसंघले सरकारसँग माग गरेको हो । स्वदेश तथा विदेशमा रहेका नेविसंघलाई अध्यक्ष ढुंगानाले आफ्ना क्षेत्रमा दुस्खमा रहेकाहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

नेविसंघले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै टुलुटुलु हेरेर बस्नु अपराध हुने बताएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्