काठमाडौं – एसिया कप-२०२३ खेलिरहेको नेपाली राष्ट्रिय टिम श्रीलंका पुगेको छ । पाकिस्तानमा हिजोबाट सुरु भएको खेलमा नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
पहिलो खेलमा पराजित नेपालले आफ्नो दोस्रो खेलमा भदौ १८ गते भारतसँग प्रतिस्पर्धा गर्दैछ । भारतसँग प्रतिस्पर्धा गर्न आज नेपाली टिम पाकिस्तानबाट श्रीलंका प्रस्थान गरेको हो । पाकिस्तानमै आयोजना हुने एसिया कपमा भारत सहभागी नहुने बताएपछि यसपटकको एसिया कप दुईवटा राष्ट्रमा आयोजना गरिएको हो ।