काठमाडौं -आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि बैठक बस्ने भएको छ ।
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ ।