काठमाडौँ – एकता व्यापार संघ नेपालले ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’को आयोजना गर्ने भएको छ ।
सबल बहाल चोक महाबौद्ध (खासाचोक) काठमाडौँमा बैशाख २६ गते मंगलबार एकता व्यापार संघ नेपालले ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’को आयोजना गर्ने एकता व्यापार संघका सचिव एवं कार्यक्रमका प्रचार प्रसार संयोजक तेज आचार्यले जानकारी दिए । आचार्य लामाे समयदेखि विभिन्न संघ संस्थामा आवद्ध भएका छन् भने उनी समाजसेवामा समेत सक्रिय छन् । उनका अनुसार शिविरमा जनरल मेडिकल, प्रसुती तथा स्त्री रोग, बालरोग, हाडजोर्नी तथा नसा, नाका कान घाटी, आखाँ रोग, दन्त रोग, शल्यक्रिया, इसीजी सेवा, भिडियो एक्सरे र ल्याव टेस्ट सेवा लगायतका सेवाहरु उपलब्ध हुनेछन् ।
निःशुल्क स्वास्थ्य शिविरमा सहभागि हुन समेत एकता व्यापार संघले सबैलाई आह्वान गरेको छ ।