मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ आव बाँडफाँट

बैशाख –  मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ आव बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ विहान १० : ३० बजे बाँडफाँट भएको हो । भाग्यमानी ४ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको छ भने ६५ हजार ६४६ आवेदन रद्द भएको छ। स्वीकृत आवेदनमध्ये कुल ९५ हजार ४११ जनाले १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्