अपिहिमालमा ‘अपि वेश क्याम्प भ्रमण सप्ताह २०८०’ मनाइदै, प्राकृतिक तथा धार्मिक सम्पदाहरुको संरक्षण गर्ने मुख्य उद्देश्य

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाले अपि वेश क्याम्प भ्रमण सप्ताह २०८० कार्यक्रमको आयोजना गरेको छ । बैशाख १४ गते देखि २१ गते सम्म भ्रमण सप्ताह मनाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका प्राकृतिक तथा धार्मिक सम्पदाहरु अपिहिमाल, नाम्पा हिमाल, कापुचुली हिमाल, लगायत हिमश्रृङ्खलाहरु तथा क्षेत्ती, घाजिर शुर्मा भवानी धार्मिक क्षेत्र सिती तथा घुसा महादेव मन्दिर लगायतका सम्पदाहरुको प्रचार प्रसार गरि अहिहिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपाकिाले जनाएको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिकालाई आगामी ५ वर्ष भित्रमा सुदूरपश्चिम प्रदेशको उत्कृष्ट प्रर्यटकीय गन्तव्यको रुपमा चिनाउनले लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिएका छन् । अध्यक्ष बोहराका अनुसार चालु आर्थिक वर्ष देखि पर्यटन क्षेत्रको पूर्वाधार निर्माण तथा कार्यक्रममा गाउँपालिकाले जोड दिएको छ । चालु आर्थिक वर्षमा नेपाल पर्यटन वोर्ड, पर्यटन विभाग र प्रदेश सरकारसँगको सहकार्यमा गाउँपालिकाले महत्वपूर्ण कार्यहरुको सुरुवात गरेको समेत बोहराले बताए ।
अध्यक्ष बोहराका अनुसार पर्यटक पदमार्ग मकरीगाडमा फोहर व्यवस्थापनको लागि डम्पिङ साईड निर्माण सम्पन्न भइसकेको छ । यस्तै बजार क्षेत्रमा पर्यटकीय सूचना केन्द्रको निर्माण गर्ने गाउँपालिकाको तयारी छ । होमस्टे तालिम सम्पन्न भएर संचालनमा रहेको, पर्यटक पथ प्रदर्शक (टुरिस्ट गाईड) तालिमा सम्पन्न भई ३० जनालाई लाइसेन्स प्रदान गरिएको, पर्यटकीय क्षेत्र तथा रुट सहितको नक्सा बनाउने कार्यको सुरुवात गरिएको, प्राचिन स्याउजे मन्दिर पुनर्निमाण कार्यको सुरुवात गरिएको जस्ता कार्यहरुको थालनी भएको गाउँपालिकाले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यस्तै धार्मिक पर्यटकीय क्षेत्र पुनर्निमाण अन्तरगत सिति महादेव मिन्दर, लाटाबाग मन्दिर, भवानी पसरौल मन्दिर लगायत धार्मिक तिर्थस्थलहरुको निर्माण सम्पन्न गरिएको, अपिहिमाल जाने नयाँ ट्रेकिङरुट निर्माण अन्तरगत थुम्ती, भुकावन, लुम्चा, खायकोट, पदमार्ग निर्माण सुरुवात गरिएको, पाटु घुसा, सिती, खायकोट पदमार्ग १० किमी निर्माणाधिन, पर्यटक पदमार्गमा संकेत चिन्ह राख्ने कार्यको सुरुवात भएको र पाँचहजार मिटर भन्दा माथिका हिमालहरुको उचाई र वेश क्याम्प पहिचान तथा नामाकरण कार्यको सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्