काठमाडौं – नेपाल व्यापार सघंको आयोजनामा औपचरिक बनभोज कार्यक्रम आयोजना हुने भएको छ । आगामी फागुन १३ गते शनिवार चोभारमा भव्य बनभोज कार्यक्रमको आयोजना गरिन लागेको नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले बताउनुभयो ।
बनभोज कार्यक्रको प्रमुख आतिथ्यता उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री दामोदर भण्डारीले गर्नुहुने भएको छ । नेपाल व्यापार संघको निमन्त्रणामा मन्त्री भण्डारी शनिवार उक्त कार्यक्रममा सरिक हुन लाग्नुभएको हो । बनभोज कार्यक्रममा
सस्थाको आगामी रणनीति तथा सात वटै प्रदेशमा व्यापारिक संगठन विस्तार , जिल्ला, नगर र गाउँमा संगठन निर्माण तथा बिस्तार बारे समेत छलफल हुनेछ ।
नेपाल व्यापार संघ २०४७ सालमा स्थापना भई साना तथा मझौला व्यापारीहरुको हक हितका लागि लडदै आएको सस्था हो ।