काँग्रेस नेता कोइरालाको प्रश्न – जनतासामु सरकारले के सन्देश दिन खोजेको ?

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएकोप्रति प्रश्न गरेका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गरौं पनि भन्ने तर संविधानले नचिनेको जनयुद्ध दिवसका नाममा बिदा दिएको भन्दै प्रश्न गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’

सरकारले फागुन १ लाई जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्