काठमाडौं – बुधबार सेयर बजार परिसूचक नेप्सेमा समान्य करेक्सन भएको छ । ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बजार बन्द भएको छ । नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ । मंगलबार उच्च अंकले बढेको बजाारमा बुधबार नाफा बुक गर्न खोज्ने लगानीकर्ताले बिक्री चाप बढाउँदा नेपसेमो तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि वृद्धि भयो ।
बुधबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा ६७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।