कैलालीमा रवीका समर्थकहरुले जलाए कान्तिपुर

कैलाली – पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने विरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकले कैलालीमा कान्तिपुर पत्रिका जलाएका छन् । केही समर्थकहरुले आज बिहानै कैलालीको सुखड चोकमा पत्रिका जलाएका हुन् । उनीहरुले कान्तिपुर पत्रिका शृङ्खलाबद्ध रुपमा रविको छवि बिगार्न लागेको आरोप लगाएका हुन् ।

हिजो पत्रकार सम्मेलनमा लामिछानेले आफूहरू विरुद्ध १२ भाइ लागिरहेको अभिव्यक्ति दिएका थिए । कान्तिपुर पत्रिका मालिक आफू विरुद्ध खनिएको अभिव्यक्ति दिएको भोलिपल्टै युवाहरूले पत्रिका जलाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्