काठमाडौँ ‘लकडाउन’मा कडाइ, अटेर गरे कडा कारवाही गर्ने प्रशासनको चेतावनी

काठमाडौँ – सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन अर्थात् चैत ११ गते सडकमा जाने मासिनहरुको संख्यामा खासै कमि आएन, अर्थात मासिनहरुको आवतजावत चलिरह्यो । कोरोना भाइरस फैलिने डरले सरकारले देशभरी लकडाउन गरेपनि काठमाडौमा लक डाउनको मजाक बनाइरहे । कोहि पार्कहरुमा हुल जम्मा गर्दै बसेका थिए भने कोहि सडकमा निर्वाध रुपमा हिडिरहेका थिए ।
मंगलबार साँझ ५ बजे पछि सडकमा मान्छेहरुको चाप देखियो । कुनै राजनीतिक दलहरुले नेपाल बन्द गरेर बेलुकादेखि खुला भएको शैलीमा मानिसहरु घर बाहिर निस्किएका थिए ।
बुधबार देखि लकडाउनको अवज्ञा गरे कडा रुपमा प्रस्तुत हुने प्रशासनले जनाएको छ ।
काठमाडौ जिल्ला प्रशासनका अनुसार मङ्गलबार ९५ प्रतिशत मानिसहरु घरमै बसेका थिए । केही मानिसहरु पहिलो दिन भएको कारणले कस्तो हुन्छ भन्दै बाहिर हेर्न निस्किएको पनि हुन सक्छन् स्रोतले उल्लेख भन्यो । तर सरकारले गरेको आदेशलाई कसैले अवज्ञा गर्छ भने त्यो सजायको भागिदार हुन्छ ।’ प्रशासनले भनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्