१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय युवक पक्राउ

मोरङ – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी सप्तकोशी नगरपालिका-१ घर भएका ३९ वर्षीय उत्सव आचार्यलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मोरङ ग्रामथान गाउँपालिका-२ स्थित ससुराली घर गएका आचार्यले गत शुक्रबार ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्