बर्दिया र कैलालीमा बेलुकासम्म नै डुबानको जोखिम, सतर्कता अपनाउन अनुरोध

File Photo

काठमाडौँ – बर्दिया र कैलालीमा बेलुकासम्म नै डुबानको जोखिम बढेको छ । कर्णाली नदीमा बाढीले खतराको तह पार गरेकाले डुबानको जोखिम बढेको छ । कर्णालीमा चिसापानी केन्द्रमा जलसतह १२ दशमलव २ मिटर पुगेको छ ।

बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भइरहने हाेचा क्षेत्रमा बसोबास गर्नेहरुलाई बेलुकासम्म नै अग्लो ठाउँमा रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । कर्णाली नदीमा १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ ।

कर्णाली नदीमा पानीको सतहले यी दुवै तहपार गरेकाले जोखिम उच्च छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने अनुमान रहेकाले कर्णाली तटीय क्षेत्रमा रहेकाहरुलाई अग्लो ठाउँमा बस्न आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्