काठमाडाैँ – सरकारले धेरै मात्रामा नोट छापेर नेपालीलाई बाँडेको भए पक्कै पनि गरिबी हट्थ्यो भन्ने अधिकांशलाई चासो पक्कै होला । कागजको नोटको लागि मरिमेटी काममा लागिपर्नुपर्ने बाध्यता तपाई हामिमा पक्कै छ । तपाईं हाम्रो हातमा कागजी नेपाली नोट सधैँ हुन्छ, चाहे त्यो धेरै होस् या थोरै । खुसी पनि नोटमै अनि दुःख पनि नोटमै देख्ने गर्छौं । जीवनलाई नोटकै आधारमा तुलना पनि गर्छौं । तर, कहिल्यै सोच्नुभएको छ नोट कसले बनाउँछ ? कसरी तपाईंको हातसम्म आइपुग्छ नोट ?
आज हामि यो बिषयमा तपाईलाई केहि जानकारी सेयर गर्नु गइरहेका छौँ । वास्तवमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले नेपाली नोट छाप्ने सम्पूर्ण जिम्मा नेपाल राष्ट्र बैंकलाई दिएको छ भने नोट छापिँदाको सम्पूर्ण प्रक्रिया केन्द्रीय बैंकले गर्दै आएको छ । तर, बैंकले नै नोट छपाइको काम भने गर्दैन । नोट छाप्ने प्रिन्टिड मेसिन समान्य मेसिन जस्तै होला त ? पक्कै पनि नोट छाप्न विशेष प्रकारको प्रिन्टङ मेसिन चाहिन्छ, यो सबै देशमा हुँदैन । केही देशले मात्र राखेका छन् यस्तो मेसिन । नोट छाप्न सेक्यिुरिटी प्रिन्टिङ प्रेस आवश्यक पर्ने हुन्छ । यो निक्कै मंहगो र विशेष प्रकारको हुन्छ ।
प्रेस खरिदमा भएको भनिएको ७० करोड रुपैयाँ कमिसन प्रकरणका कारण तत्कालीन सञ्चारमन्त्रीको पद गुमेको त पक्कै थाहा हुनुपर्छ । हो, यही सेक्युरिटी प्रिन्टिङ प्रेसबाट नै नोटहरू छापिन्छ । जुन नेपालमा राख्ने कुरा समेत चलेको थियो । जसको घोटला काण्ड र ७० करोड कमिसनको बार्केनिङ गरेको अडियो बाहिरेपछि तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको मन्त्री पद समेत खोसिएको थियो । हो त्यहि मेसिन पैसा छाप्न प्रयोग गरिन्छ ।
नेपालमा मात्र नभएर विश्वमा नै नोटहरू यसै मेसिनबाट छापिने गर्छ । यसको सम्पूर्ण नियम र निर्देशन भने अन्तर्राष्ट्रिय मुद्रा कोषले गर्ने गर्छ । देशको कुल गार्हस्थ्य उत्पादन, बजेटले व्यवस्था गरेको चालू खर्च र त्यस वर्ष आएको रेमिट्यिान्सको हिसाबको आधारमा कति नोट छाप्ने भन्ने तय गरिन्छ, जसले मुलुकको अर्थतन्त्र धान्न सकोस् ।
यसरी कति नोट छाप्ने तय गरिसकेपछि राष्ट्र बैंकले सरकारसँग नयाँ नोट छाप्न अनुमति माग्छ । नयाँ नोट छाप्न सरकारबाट अनुमति पाएसँगै राष्ट्र बैंकले कुन दरका नोट कति छाप्ने भन्ने तय गर्छ । जुन दरको नोट बजारमा बढी चलनचल्तीमा छ, त्यही नोट बढी मात्रामा छापिन्छ ।
सबै नोटमा ६ अंकको नम्बर राखिएको हुन्छ । जस्तै : देवनागरी लिपिको ‘अ १’बाट छाप्न सुरु भएको नोट ‘अ १००’सम्म छापिन्छ । ती सबै नोटमा ६ अंकको नम्बर पनि राखिएको हुन्छ । त्यसपछि फेरि ‘आ १’बाट अरू नोट छापिन्छ । यसरी आवश्यकताको आधारमा ‘ज्ञ’सम्म नम्बरिङ गरेर नोट छाप्ने गरिन्छ ।
यसरी छापिने नोटहरूको आवरणको काम नोट डिजाइन समितिको हुन्छ । समितिमा राष्ट्र बैंकका डेपुटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, कलाकार (चित्रकार) आदि रहन्छन् । त्यसमा वन्यजन्तु विज्ञले कुन वन्यजन्तुको चित्र नोटमा राख्ने, संस्कृतिविद्ले नेपालको कुन संस्कृतिलाई प्रवर्द्धन गर्ने भन्ने सुझाव दिन्छन् ।
सबै पक्षको सुझावको आधारमा नोटका कस्ता चित्र समावेस गर्ने भन्ने निर्णय भएपछि राष्ट्र बैंकमा नोटको डिजाइन गरिन्छ र राष्ट्र बैंकको बोर्डबाट स्वीकृत गराइन्छ । त्यसपछि मन्त्रिपरिषद्मा नोटको डिजाइन र दरलाई पेस गरिन्छ । उक्त प्रस्ताव पारित भएसँगै बैंकले नोट छाप्छ ।