निजामती सेवा दिवस २०७९ को अवसरमा बेदकोट नगरपालिकाद्वारा एक कार्यक्रमको आयोजना

कञ्चनपुर – निजामती सेवा दिवस २०७९ को अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेको छ । बुधबार बेदकोट नगरपालिकाको सभाहलमा नगरपालिकाको सम्भाव्य स्रोतको अध्ययन/विश्लेषण सम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रमको अयोजना गरेको हो ।

व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन भन्ने मुलनाराका साथ नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टको अध्यक्षता उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि नगर उप–प्रमुख तुलसी जोशी तथा वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु समेत सहभागी रहेका थिए ।

नगर प्रमुख बोहराले निजामती सेवा दिवसको अवसरमा वेदकोट नगरपालिका मा कार्यरत कर्मचारी हरुले नगरपालिकाको आम्दानी कसरी बढाउने र स्रोत ब्यबस्थापन कसरी गर्ने भन्ने खाका तयार गर्नु भएकोमा धन्यवादका साथै कर्मचारी हरुको सहयोगले नै हामी जनप्रतिनिधि सफल हुने हो भन्दै सहयोग अपेक्षा राख्नु भएको थियो । तेस्तै नगर उप प्रमुख तुलसी जोशीले न्यायिक क्षेत्रमा अझै व्यबस्थपित गरेर जानुपर्ने बताउनु भएको छ । साथै नगरपालिकाका कर्मचारीको बैठक महिनाको १ गते नियमित रूपमा बस्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्