काठमाडाैँ – ललितपुरको सातदोबाटोमा टाटा मोटर्सको नयाँ शोरुम सञ्चालनमा आएको छ ।
टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले आधुनिक तथा सुविधा सम्पन्न शोरुमको बुधबार उद्घाटन गरेको छ ।
टाटा मोटर्सको तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्त जङ्ग सिंजापती लगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
शोरूममा टाटाका बीएस–६ इञ्जिन उपलब्ध गाडीहरु पाइन्छन् भने टेस्ट ड्राइभको पनि सुविधा रहेको सिप्रदीले जनाएको छ ।