धनुषामा घरेलु मदिरा सेवनका कारण पाँच जनाको ज्यान गयो, १ जनाको अवस्था चिन्ताजनक

जनकपुरधाम – धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो ।

मदिरा सेवनका कारण मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

बुधबार ३ जनाको ज्यान गएकोमा बिहीबार थप २ को पनि मृत्यु भएको हो ।

सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन् । सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ ।

मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्