काठमाडाैं- सशस्त्र प्रहरीले ठुलो संख्यामा नयाँ भर्नाका लागि सूचना प्रकाशन गरेको छ । रिक्त रहेको प्राविधिक समुह स्वास्थ्य तर्फका लागि खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि भर्ना खोलेको हो । जसमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) ११ जना र प्राविधिक सशस्त्र प्रहरी नायवक निरीक्षक (स्टाफ नर्स) २५ जनाका लागि नयाँ भर्ना खोलेको सूचनामार्फत जानकारी दिएको छ ।
आवेदकहरुले आगामी भदौँ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।