साझा संस्था मसुरियाद्वारा जग्गा फिर्ताको लागि पहल समिति गठन

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मा २०३३/०६/१२ सालमा स्थापना भएको साझा सहकारी संस्थाले बुधबार आम सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लाल बहादुर सिंह अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
आम सभामा सहकारी विभागले २०७९/०३/१५ गते प्रकाशित गरेको सुचना माथि छलफल गरिएको थियो विभागले संस्थामा रहेको ऋिण र जग्गाको विवरण पठाउन सम्बन्धमा सुचना प्रकाशित गरेको थियो

संस्थाको जग्गा कृषि विकास बैंकले २०६०/५/१४मा आफ्नौ नाममा गरेको पाइएको छ । जग्गा फिर्ताको लागि पहल गर्ने भनि संस्थाले पुष्कल बहादुर बमको संयोजकत्वमा पाँच सदस्य पहल समिति गठन गरेको छ । सह-संयोजक रमेश बहादुर भाट सदस्यहरु लाल बहादुर डगौरा , गगंन सिंह बटाला , बिष्णु मन्नी रहेका छन् ।

कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कडेल, बिशिस्ट अथिति जिल्ला सहकारी संस्था अध्यक्ष फणी प्रसाद सापकोटा , अथितिहरु नगर प्रमुख देवि दत्त कडेल ,नगर उप-प्रमुख भोज बहादुर बम , खप्तड बहुमुखी क्याम्पस प्रमुख मदन राज जोशी , समाज सेवि बुद्धिजीवी , र सेयर सदस्यहरुको उपस्थिति रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्