काठमाडाैंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस नाघ्यो, तराईको जनजीवन बढी प्रभावित

काठमाडाैं – काठमाडाैंमा आइतबार सबैभन्दा गर्मी भएको छ । हिजोको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो ।

हिजो यसपालि मनसुन लागेपछिकै सबैभन्दा धेरै गर्मी भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । पानी नपर्दा काठमाडाैंसहित देशभर नै गर्मी बढिरहेको छ । अहिले भने काठमाडाैंसहित वाग्मती, प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा शीतल छ ।

वाग्मती, गण्डकी र प्रदेश–१ को मौसम आंशिकदेखि सामान्य बदली भए पनि अन्य प्रदेशमा भने बिहानैदेखि घाम चर्किएको छ । गर्मीका कारण तराईका जिल्लाको जनजीवन बढी प्रभावित भइरहेको छ । चर्को घाम र गर्मीले दिउँसोको समयमा घरबाट बाहिर निस्कनै मुस्किल भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्