एकिकृत समाजवादीबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौँ – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानी खापुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रूपमा सिफारिस गरेको छ ।

यसअघि यी मन्त्रालयमा क्रमशः प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ, भवानीप्रसाद खापुुङ थिए ।

पार्टीले यसअघि नै पार्टीको तर्फबाट मन्त्री भएकाहरूलाई ६ महिनापछि फिर्ता गर्ने निर्णय गरिसकेको र ६ महिनाभन्दा लामो समय उनीहरू मन्त्री भइसकेकाले फिर्ता बोलाउन लागिएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्