नेपाली कांग्रेसबाट लेकम-१ को अध्यक्षमा युवा नेता महादेब साउँद उम्मेदवार

नेपाली कांग्रेसले दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा युवा नेता महादेब साउँदलाइ उम्मेदवार बनाउने भएको छ। वडा क्षेत्रको विकास लगायत वडाबासीहरुको हकहितका लागि संघर्ष गर्ने भन्दै युवा नेता साउदले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेसका तर्फबाट साउदले उम्मेदवारी दिएका छन् । लेकमको वडा नम्बर १ मा महादेब साउँद र वडा नम्बर ६ मा वर्तमान वडाअध्यक्ष कमलापती मिश्रलाई वडाअध्यक्षको उम्मेदवार बनाउने सहमति भइसकेको नेपाली कांग्रेस लेकम गाउँकार्यसमितिले समेत जनाएको छ ।

यस्तै लेकम गाउँपालिका अध्यक्षका लागि भने तीन जनाको दाबी रहेको छ । गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी टुंग्याउन पटकपटक सहमति गराउने प्रयास भएपनि सहमति जुटाउन सकस देखिएको छ ।
कांग्रेसबाट अध्यक्षका लागि २०७४ सालको निर्वाचनमा पराजित लेकम–६ का उत्तम नाथ, लेकम–१ बाट नेबिसंघ नेता इन्द्र साउद र जिल्ला कार्यसमिति सहसचिव एबं वडा नम्बर ३ का वर्तमान अध्यक्ष राजेन्द्र जोशीले दाबी गरेका छन् । तीनै जनाले आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकस देखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्