दार्चुला – महाकाली नदीमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ खलंगा पुलघाट नजिक रिङनतालबाट अन्दाजी २८ बर्षीया एक महिलाले महाकाली नदीमा हाम फालेकी हुन् । नदीमा हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलालाई महाकाली नगरपालिका–५ नमस्कार नजिकै महाकाली नदी किनारबाट अचेत अवस्थामा उद्वर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप उपचारका लागि जिल्ला अस्पताल दार्चुला पु¥याएको भएपनि डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतक २८ वर्षीया धामी महाकाली नगरपालिका–४ स्थित घाटबजारको एक होटलमा काम गर्ने अपिहिमाल गाउँपालिका–४ खात्तिकी हुन् उनी विवाहित हुन् । खात्तीका धाम्पा धामीसँग बिहे गरेकी होटलमा काम गर्ने दमन्तीले रिङनतालको सिढीबाट महाकाली नदीमा किन हाम फालिन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दार्चुलामा पछिल्लो समय आत्महत्या, हत्या र विभिन्न किसिमका आपराधिक घटना बढ्दै गएका छन् ।